खोटाङका दुई स्थानीय तहले गाउँ–गाउँमा सामाजिक सुरक्षाभत्ता वितरण ग¥यो

  • प्रकाशित मितिः कार्तिक ३, २०८०
  • 950 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ३–खोटाङका दुई स्थानीय तहले गाउँ–गाउँमा गएर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिकाले सबै वडामा पुगेर बैङ्किङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो ।
चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो त्रैमासिक अन्तरगत लक्षित वर्गले पाउने सामाजिक सुरक्षाभत्ता प्रत्येक वडामा पुगेर वितरण गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १५ वटै वडामा गएर बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरेको नगरका प्रवक्ता दिनेश घिमिरेले बताए । उनका अनुसार वडा नं १ दिक्तेल, ३ बाम्राङ, ५ लफ्याङ, ६ नेर्पा, ७ दोर्पाचिउरीडाडा“, ८ बुवालुङ, १० पाथेका, ११ खार्मी, १३ नुनथला, १४ बुइपा र १५ बिजयखर्कमा सालपा विकास बैंकले, वडा नं २ सोल्मा ज्योति विकास बैंक, वडा न ४ खाल्ले राष्ट्रिय वाणिज्य बैंक र वडा नं ९ निर्मलीडाडाँमा प्रभु र वडा नं १२ जालपामा ग्लोबल मार्फत वितरण गरेको हो ।

vatta3
कात्तिक २ गते वडा नं १० पाथेकामा दुई सय ९७ जनालाई २८ लाख ५० हजार, वडा नं ११ खार्मीमा दुई सय ८३ जनलाई ३१ लाख, वडा नं १५ विजयखर्कमा दुई सय १९ जनालाई २१ लाख, ८ मा दुई सय ४६ जनलाई २७ लाख २५ हजार छ सय रुपैयाँ वितरण गरिएको सालपा विकास बैंकका प्रवन्धक दीपकर राईले बताए । वडा नं १ दिक्तेल, ३ बाम्राङ, ५ लफ्याङ, ६ नेर्पा, ७ दोर्पाचिउरीडाडाँ, १३ नुनथला र १४ बुइपा भने कात्तिक ३ गते पनि वितरण भइरहेको प्रबन्धक राईले बताए । नगरपालिकामा पाँच हजार पाँच सय १० जनालाई पाँच करोड ४७ लाख तीन हजार छ सय ३३ रुपैयाँ वितरण गरिने घिमिरेले बताए ।

vatta1
साकेला गाउँपालिकाले नेपाल एसबीआइ बैङ्कमार्फत विभिन्न ६ ठाउँमा केन्द्र बनाएर रकम भुक्तानी गरेको पञ्जिकरण शाखा प्रमुख डिएम चाम्लिङले बताए । भौगोलिक विकटता, बृद्धा–बृद्धा तथा शारीरिक अशक्तता भएकाहरुलाई सहज बनाउँन वडा–वडामा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो । उक्त शिविरमा पाँच सय ३५ जना लाभग्राहीका लागि ८० लाख ४७ हजार रकम वितरण गरिएको चाम्लिङले सुनाए ।
उनका अनुसार असोज–२३ गते वडा नं. २ रतन्छामा एक सय ३० जनालाई १८ लाख ४९ हजार, असोज–२४ गते वडा नं. ३ खिदिमामा ८२ जनालाई नौ लाख १७ हजार, असोज–२५ गते वडा नं. ५ मात्तिमबिर्तामा एक सय चार जनालाई १५ लाख ७५ हजार, असोज–२६ गते वडा नं. ४ मात्तिममा ४८ जनालाई सात लाख ४९ हजार, असोज २९ गते वडा नं. १ बाँझेच्यानडाडाँमा एक सय ७१ जनालाई २९ लाख ५७ हजार रुपैयाँ वितरण गरिएको चाम्लिङले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित