फर्जी बिलको भुक्तानी गर्न दबाब दिएको भन्दै गाउँपालिका छाड्ने प्रमुख प्रशासकीय अधिकृतको सरुवा

  • प्रकाशित मितिः कार्तिक २, २०८०
  • 1846 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २–फर्जी बिलको भुक्तानी गर्न दबाब आएको भन्दै गाउँपालिका छाडेर हिड्ने दिप्रुङ चुइचुुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीको सरुवा भएको छ । गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले प्रक्रिया नपुगेका बिलहरुको भुक्तानी गर्न दबाब दिएपछि असोज २९ गते गाउँपालिका छाडेर हिडेका उनको सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा सरुवा भएको हो ।
प्रक्रिया नपुगेको बिलहरुको भुक्तानी गर्न दबाब दिएपछि गाउँपालिका छाडेर गएको प्रमुख जिल्ला अधिकारी सन्तकुमार सुनारले बताए । गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले भने त्यस्तो कुनै प्रेसर नदिएको दाबी गरे । रेग्मी असोज २८ गते कार्यालय बसेर असोज २९ गते विहान तीनै बजे गाउँपालिका छाडेका थिए । असोज २९ गते विहान गाउँपालिकाको मोटरसाइकलमा दिक्तेलसम्म आएर गाडी चढेर विराटनगर गएका हुन् । उनले चढेको मोटरसाइकल दिक्तेलस्थित कोस तथा लेखा नियन्त्रकको कार्यालयमा छाडेर गएका थिए ।
प्रमुख प्रशासकीयले गाउँपालिका छाडेर गएपछि कात्तिक १ गतेसम्म गाउँपालिकामा हाजिर हुन गाउँपालिका अध्यक्षले सामाजिक सञ्जाल फेसबुक मार्फत निर्देशन दिएका थिए । गाउँपालिकामा हाजिर नभएपछि उनलाई सरुवा गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अधिकृत छैटौ पिएसपी चाम्लिङलाई निमित्तको जिम्मेवारी दिएको अध्यक्ष राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित