सविना अछामे–
खोटाङ, कात्तिक १–गोरखाको पालुङटारमा कात्तिक १ गते आयोजित ११ औं लिगलिगे दौडको उपाधि खोटाङका गजेन्द्र राईले चुमेका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ घर भई नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा कार्यरत राई ११ औं संस्करणको ‘लिगलिगे राजा बन्न सफल भएका हुन् । उनले चेपाघाटदेखि लिगलिसम्मको १३.५ किलोमिटर दूरी ५६ मिनेट ३६ सेकेण्डमा पार गरेका थिए ।
निर्धारित दूरी ५६ मिनेट ५३ सकेण्डमा पार गर्दे त्रिभुवन आर्मी क्लबकै नरेन्द्रसिंह रावत दोस्रो बनेका छन् । यसअघिका बिजेता अनिस थापा यस पटक तेस्रो स्थानमा झरेका छन् । उनले निर्धारित दूरी उनले ५८ मिनेट ३५ सेकेण्डमा पार गरेका थिए । उनी भारतीय सेनामा कार्यरत छन् ।
दौडको उपाधि जितेका राईलाई बीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिगलिगे राजा घोषणा गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । प्रथम हुनेले एक लाख नगद पुरस्कार सहित श्रीपेच (पगरी) ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । दोश्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । दौडमा २१ जना स्थानीय धावकसहित ७० जनाको सहभागिता थियो । गोरखा र लमजुङको सिमानामा पर्ने चेपेघाटबाट सुरु भएको दौड ढिकीडाडा“, ठाटीपोेखरी, पानी टयाङ्की, छापाथोक, बडडा“डा, बोहोरागाउ“, सभा चौत्ँँरँे, मैबल, दर्बेपानी, बिजुलीडा“डा, खोली चौतारो हुदै लिगलिगकोट कालिका मन्दिरमा पुगेर सम्पन्न भएको हो ।
नेपाल एकीकरणअघि बाइसे÷चौबिसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्पराबाट दौड प्रतियोगिता सुरु भएको मानिन्छ । त्यसै परम्परालाई पर्यटक भित्राउन यो प्रतियोगिताको आयोजना गरिएको हो । विक्रम सम्बत १६०४ मा सुरु भएको मानिन्छ । यसैलाईलाई प्रतियोगिताको रुपमा २०६७ देखि सुरु गरिएको हो । तत्कालीन राजा द्रव्य शाहले दौडमा विजय हासिल गरी लिगलिगकोटको राजा बनेको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–काठमाडौं, मङ्सिर १७–स�... ... ...
सविना अछामे–खोटाङ, मङ्सिर १६–खोटेहाङमा नेकपा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १५–एमाल�... ... ...
सविना अछामे–खोटाङ, मङ्सिर १५–दिक्तेलस्थित ला�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १५–कोशी �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित