बगरेभन्ज्याङको गिटी खानी, अवैध

  • प्रकाशित मितिः माघ १३, २०७५
  • 1467 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, माघ १३–निर्माणाधीन मध्यपहाडी लोकमार्ग निर्माणमा संलग्न गोल्डेन गुड जेवी निर्माण कम्पनीले प्रक्रिया नपु¥याई बगरेभन्ज्याङको गिटी दोहन गरेको पाइएको छ । डिभिजन कार्यालय खोटाङले दुई सातादेखि गिटी दोहन बन्द गराएर थालेको अनुसन्धानमा वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए) नगरी गिटी दोहन गरेको तथ्य खुलेको हो ।
अवैध रुपमा गिटी दोहन गरेको भन्दै उजुरीपछि डिभिजन वन कार्यालय खोटाङले पुस २६ गतेदेखि गिटी दोहन बन्द गराएर अनुसन्धान सुरु गरेको थियो । बगरेभन्ज्याङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–६ नेर्पा र वडा नं–११ खार्मीको बीचमा पर्ने डाडा“खर्क खिसापत्रे सामुदायिक वन क्षेत्रभित्र पर्छ ।
डिभिजन वन कार्यालय खोटाङका प्रमुख ललितकुमार कर्णका अनुसार छानविनको क्रममा सम्वन्धित निर्माण कम्पनीलाई कागजात माग्दा वातावरणीय परीक्षण प्रतिवेदन (आइइइ) मात्र बुझाएको छ । यसले गिटी दोहन गर्न नपाइने भएकाले वातावरणीय प्रभाव मुल्याङ्कन माग गर्दा अहिलेसम्म उपलब्ध गराउन नसकेको डिभिजन प्रमुख कर्णले सुनाए । ‘अनुसन्धानको क्रममा सम्वन्धित निर्माण कम्पनीलाई कागजात माग्दा वातावरणीय परीक्षण प्रतिवेदन मात्र बुझाएको छ ।’ डिभिजन प्रमुख कर्णले भने–‘सामुदायिक वन क्षेत्रभित्र गिटी उत्खनन् गर्न वातावरणीय प्रभाव मुल्याङ्कन नै हुनु पर्छ ।’ 
डिभिजन वन कार्यालय खोटाङले दिक्तेलस्थित सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत चतुरनारायण साहलाई उक्त छानविनका लागि खटाएको थियो । अनुसन्धानका लागि डाडा“खर्क खिसापत्रे सामुदायिक वन र गोल्डेन गुड जेवी निर्माण कम्पनीलाई गिटी उत्खनन्का लागि नेपाल सरकारले दिएको इजाजत छ–छैन ? भनि पेश पत्राचार गरेको थियो ।
सामुदायिक वन तथा डिभिजन वन कार्यालयले भने वातावरणीय प्रभाव मुल्याङ्कनका लागि निर्णय तथा सिफारिस नगरेको पाइएको छ । वातावरणीय प्रभाव मुल्याङ्कनका लागि सम्वन्धित सामुदायिक वन, डिभिजन वन कार्यालय र सम्वन्धित नगरपालिकाको सिफारिस आवश्यक पर्ने कर्णले सुनाए । यसमध्ये सम्वन्धित सामुदायिक वन र डिभिजन वन कार्यालयले सिफारिस नदिएको डिभिजन प्रमुख कर्णले सुनाए ।
यसबारेमा निर्माणमा संलग्न कम्पनीसंग सम्बद्ध साङ्गे सेर्पाले भने भएको जति सबै कागजात डिभिजन वन कार्यालयलाई बुझाएको बताए । सेर्पाका अनुसार बगरेभन्ज्याङमा गिटी उत्खनन्को प्रक्रियामै जटिल भएकाले अन्यत्रै खानी खोजिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको चिउरीडाडा“मा व्यक्तिको नाममा रहेको जग्गाबाट गिटी खानी सञ्चालनको तयारी गरिएको सेर्पाले जनाए ।
अवैध रुपमा गिटी दोहनबारे कारबाही प्रक्रिया बढाइने डिभिजन वन कार्यालय खोटाङले जनाएको छ । यद्यपि बगरभेन्ज्याङको गिटी दोहनको पक्षमा जनप्रतिनिधिदेखि सरोकार निकायसमेत देखिएकाले कारबाही प्रक्रिया प्रभावित हुन सक्ने आ“कलन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित