महिला एकता अध्ययन केन्द्रको १० औ साधारणसभा सम्पन्न

  • प्रकाशित मितिः आश्विन २७, २०८०
  • 320 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असोज २७–महिला एकता अध्ययन केन्द्र खोटाङको १० औ साधारणसभा सम्पन्न भएको छ । असोज २७ गते आफ्नै कार्यालयमा भएको साधारणसभामा महिला अभियान्ता रामकुमारी राईलाई सम्मान समेत गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्रदेश १ पूर्व सामाजिक विकास मन्त्री उषाकला राईले उच्च शिक्षाले महिलाको चेतनास्तर बढ्ने भएकाले यसप्रति ध्यान दिनु पर्ने धारणा राखिन् । आर्थिक रुपमा पनि महिला सवल भयो भने महिलाहरु अघि बढ्ने बताइन् ।
विशिष्ट अतिथिको रुपमा बोल्दै जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले महिला एकता अध्ययन केन्द्र साझा मञ्चको रुपमा विकास भएको र यसले महिलाहरुको क्षमता विकासमा उल्लेख्य भूमिका खेलेको बताए । यसले महिलाहरु शिक्षित हुनुका लागि महिला अध्ययन केन्द्रले सहयोग गरेको जनाए ।

sanbdr
विशेष अतिथिको रुपमा बोल्दै हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख तथा महिला एकता अध्ययन केन्द्रकी सल्लाहकार विमला राईले महिला अधिकारका लागि परिवारमै विद्रोह गर्नु पर्ने धारणा राखिनु । ‘महिला अधिकारका लागि परिवारमै विद्रोह गर्नु पर्ने हुन्छ, परिवारमा विद्रोह गरिएन भने समाजमा विद्रोह हुदैन ।’ राईले भनिन्–‘समाजमा विद्रोह भएन भने महिला अघि बढ्न सक्दैन ।’ राईले भनिन्–‘धेरैजसो महिला किचेनमा, करेसामा मात्र एङ्गेज हुन्छौं, यसले पनि महिलाहरुलाई पछि पारेको छ ।’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले आर्थिक, सामाजिक, राजनीतिक रुपमा महिला अघि बढ्नु पर्ने धारणा राखे । आर्थिक समृद्धिका लागि कृषि क्रान्ति आवश्यक रहेको बताए । यसका लागि नगरपालिकाले महिलाहरुलाई विशेष सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

samman photo
साधारणसभाको अवसरमा महिला अधिकारको क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने महिला अभियान्ता रामकुमारी राईलाई सम्मान गरिएको छ । राईलाई सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । कार्यक्रममा गैरसरकारी संस्था महासंघका प्रतिनिधि युवराज रिजाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी अधिकृत तथा महिला अभियान्ता रेखा राई, नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख इरन राई, मानवअधिकारका लागि एकल महिला खोटाङकी अध्यक्ष सविता ढकाल, महिला उद्यमी संघ खोटाङकी अध्यक्ष विमला राई, बालसेवा समाज नेपालकी अध्यक्ष चन्द्रकला भुजेल, अन्तरपार्टी महिला सञ्जालकी निर्मला थापा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कार्यपालिका सदस्य अन्जना बस्नेत लगायतको सहभागिता थियो । महिला एकता अध्ययन केन्द्रकी अध्यक्ष तथा संविधानसभा सदस्य दुर्गाजयन्ती राईको अध्यक्षतामा भएको कार्यक्रम कमला खतिवडाले सञ्चालन गरेकी थिइन् ।

sadharan sava

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित