नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २५–इलाका प्रशासन कार्यालय खोटाङले असोज २५ गते खोटेहाङ गाउँपालिकाको सिम्पानी बजार र इन्द्रेणीपोखरी बजार अनुगमन गर्दा करिब ७४ हजार रुपैयाँ बढीको अखाद्य वस्तु बरामत गरेको छ । दसै नजिकिदै जाँदा बजार अनुगमन गर्दा म्याद गुज्रेर अखाद्य भइसकेका दैनिक उपाभोग्य वस्तु लगायत अन्य सामाग्री बरामत गरेको हो ।
सिम्पानी बजारमा ड्यु, सानो ड्यु, कोक, लिची जुस, स्प्राइट, ट्याङ जुस, नुडल, विस्कुट, ठूलो विस्कुट, कुुकिंज, पानी पुरी मसला, मःमः मसला, मिट मसला, मिक्स मसला, मसला, जिरा, सेता तिल, कोक, दालमोड, कोकोनट, मरिच धुलो, चिया, मुराही लगायतका ६७ हजार चार सय ६९ रुपैयाँ बराबरको सामान बरामत गरेको हो ।
त्यस्तै इन्द्रेणीपोखरी बजारमा सिरम तेल, चिया, धुलो खुर्सानी, कोक, चकलेट, सेकुवा मसला, बिर्यानी मसला लगायतका सात हजार एक सय ४० गरी ७४ हजार छ सय नौ रुपैयाँ बराबरका म्याद गुज्रेर अखाद्य भइसकेका सामाग्री बरामत गरेर नष्ट गरेको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका वडा अध्यक्ष वसन्त राईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित