विद्युतीय अपराध अभियोगमा पक्राउ परेका अनलाइन सञ्चालक धरौटीमा छुटे

  • प्रकाशित मितिः आश्विन २५, २०८०
  • 327 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २५–विद्युतीय अपराध अरोपमा पक्राउ परेका अनलाइन सञ्चालक धरौटीमा छुटेका छन् । सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा पाँच दिनअघि पक्राउ परेका हलेसी पाटीका सञ्चालक हलेसी तुवाचुङ नगरपालिका–७ का मनोज गिरी असोज २५ गते ८० हजार धरौटीमा छुटेका हुन् ।
गिरीले सामाजिक सञ्जालमा जथाभावी लेखेको भन्ने विभिन्न व्यक्तिको उजुरीपछि पक्राउ गरिएको गिरीलाई जिल्ला अदालत खोटाङले धरौटीमा छाडेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता बेनु कार्कीले बताए । एलन राई, सर्वधन बस्नेत र नेपाल पत्रकार महासंघ खोटाङ शाखाको उजुरीको आधारमा असोज २० गते ललितपुरको धापाखेलबाट पक्राउ गरी जिल्ला ल्याएर चार दिनको म्याद थप गरी अनुसन्धान बढाइएको कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित