नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २५–विद्युतीय अपराध अरोपमा पक्राउ परेका अनलाइन सञ्चालक धरौटीमा छुटेका छन् । सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा पाँच दिनअघि पक्राउ परेका हलेसी पाटीका सञ्चालक हलेसी तुवाचुङ नगरपालिका–७ का मनोज गिरी असोज २५ गते ८० हजार धरौटीमा छुटेका हुन् ।
गिरीले सामाजिक सञ्जालमा जथाभावी लेखेको भन्ने विभिन्न व्यक्तिको उजुरीपछि पक्राउ गरिएको गिरीलाई जिल्ला अदालत खोटाङले धरौटीमा छाडेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता बेनु कार्कीले बताए । एलन राई, सर्वधन बस्नेत र नेपाल पत्रकार महासंघ खोटाङ शाखाको उजुरीको आधारमा असोज २० गते ललितपुरको धापाखेलबाट पक्राउ गरी जिल्ला ल्याएर चार दिनको म्याद थप गरी अनुसन्धान बढाइएको कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित