चलचित्र ‘बालापन’को विशेष प्रिमियर सो दिक्तेलमा गरिने

  • प्रकाशित मितिः आश्विन २३, २०८०
  • 312 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २३–हटमिलन राईको पहिलो चलचित्र ‘बालापन’ असोज–२८ र २९ गते दिक्तेलमा विशेष प्रिमियर सो हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका राईले निर्माण गरेको चलचित्र ‘बालापन’ अनाथ तथा असाहाय्य बालबालिका, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकको सहयोगार्थ प्रिमियर सो गर्ने तयारी गरिएको हो ।
जिल्लाका अनाथ तथा असाहाय्य बालबालिका, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकको सहयोगार्थ दिक्तेलमा विशेष प्रिमियर सो गर्ने तयारी गरिएको निर्माता राईले पत्रकार सम्मेलनमा बताए । यो चलचित्र यही असोज–१३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले काठमाडौंस्थित चलचित्र विकास बोर्डको सभाहल उद्घाटन गरेका थिए ।
सामाजिक, पारिवारिक र मायाँ पिरतीका कुरा समेटेर निर्माण गरिएको चलचित्र ‘बालापन’मा निर्माता राईको मुख्य भूमिका छ । एक घण्टा ५७ सेकेण्ड लामो चलचित्र ‘बालापन’मा नायक धिरेन शाक्य, नायिका प्रियाङ्का कार्की र सोनी बिसी तथा वरिष्ठ कलाकार सुनिल थापा, सविन श्रेष्ठ, राजकुमार थापा, तिलबहादुर कार्की, प्रकाश राई, पवन चाम्लिङ, जुद्ध राई, सुरेन्द्र चाम्लिङ, आङछिरी शेर्पा, डेनी शेर्पा र निलमु शेर्पा लगायतले अभिनय गरेका छन् । उक्त चलचित्र शिवा आर्जेले निर्देशन गरेका छन् । यसको काठमाडौँ र दुवाईमा छायाङ्कन गरिएको निर्माता राईले बताए । यसमा एक करोड ५० लाख लगानी गरिएको राईले सुनाए ।
दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा मध्यान्ह साढे १२ बजेबाट शुरु हुने र त्यसका लागि पाँच सय, हजार, दुई हजार पाँच सय र पाँच हजारको टिकट व्यवस्था गरिएको स्थानीय आयोजक सोल्मा स्पोर्टस क्लब सोल्माले जनाएको छ ।

2-3

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित