विद्युतीय अपराध आरोपमा अनलाइन सञ्चालक पक्राउ

  • प्रकाशित मितिः आश्विन २१, २०८०
  • 394 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २१–विद्युतीय अपराध अरोपमा एक अनलाइन सञ्चालक पक्राउ परेका छन् । सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा हलेसी पाटीका सञ्चालक हलेसी तुवाचुङ नगरपालिका–७ का मनोज गिरी पक्राउ परेका हुन् ।
गिरीले सामाजिक सञ्जालमा जथाभावी लेखेको उजुरीपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता टिकाराम बरालले बताए । गत असोज १९ गते स्थानीय सर्वधन बस्नेतले दिएको जाहेरीको आधारमा असोज २० गते ललितपुरको धापाखेलबाट पक्राउ गरी दिक्तेल ल्याइएको बरालले सुनाए । उनलाई चार दिनको म्याद थप गरी अनुसन्धान बढाइएको बरालले जनाए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित