दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा धुमधाम चित्र कोरिदै

  • प्रकाशित मितिः आश्विन २०, २०८०
  • 219 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २०–‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी–२०८०’ मा १८ विदेशी र २५ स्वदेशी कलाकारहरुले चित्र कोरिरहेका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपा, मझुवागढी, खाल्लेको कुमालगाउँ, दिक्तेल, शुभम फाउण्डेसन, भुलभुले लगायतका ठाउँहरुमा चित्र कोरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँको आयोजनामा यो कार्यक्रम आयोजना गरिएको हो । आज दिक्तेलका सरस्वती माविमा चित्रकला प्रदर्शन गरिने भएको छ । खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन र ती स्थानको महत्व, संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए ।

jalapa

shuvam

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित