दिक्तेलमा १७ वर्षीया किशोरीलाई जरजस्ती करणी गरेको आरोपमा युवा पक्राउ

  • प्रकाशित मितिः आश्विन १९, २०८०
  • 605 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १९–१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलमा किशोरीलाई बलात्कार गरेको अभियोगमा झापाको बाह«बेसी गाउ“पालिका–२ का २० वर्षीय अजय शर्मा खत्दे पक्राउ परेका हुन् ।
उनलाई असोज १८ गते झापा घरमै पक्राउ गरी असोज १९ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा ल्याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक टिकाराम बरालले बताए । उनका अनुसार गत असोज १० देखि १७ गतेसम्म दिक्तेलमा राखेर जबरजस्ती गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित