‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’मा सहभागी हुन १४ देशका कलाकारहरु दिक्तेल आइपुगे

  • प्रकाशित मितिः आश्विन १७, २०८०
  • 432 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असोज १७–‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’का लागि १४ देशका कलाकारहरु असोज १७ गते दिक्तेल आइपुगेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कला, संस्कृति र पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यल असोज १७ देखि २० गतेसम्म आयोजना गरिएको उक्त कार्यक्रमका लागि ४० कलाकार आइपुगेका हुन् ।

3
महुरेगढी, नुनथाल, मुढे, रमितेडाडाँडा, किरातचौक, दिक्तेलको बेसक्याम्प, त्रिवेणीचौक, शंखरशाख्वा चौकमा विभिन्न समुदाय तथा संघ संस्थाहरुले भव्य स्वागत गरेका थिए । चित्रकलाका लागि नेपाल सहित अष्ट्र्ेलिया, बङ्गलादेश, भुटान, चिन, इजिप्ट, भारत, जापान, लिथुआनिया, लाट्भिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियत्नामका कलाकारहरु आइपुगेका हुन । असोज १८ गते जालपा र खानीडाँडा, असोज १९ गते मझुवागढी, असोज २० गते भुलभुले र सरस्वती माविमा साङ्गितिक कार्यक्रम सहित चित्रकला प्रदर्शनी गरिने भएको छ । सांगीतिक कार्यक्रमका लागि राजेशपायल राई आउँने छन् ।

4
नगरपालिका र कलाकार धुन याक्खाको ‘धनु आर्ट स्टुडियो’को संयुक्त आयोजनामा कार्यशाला तथा प्रदर्शनी आयोजना गरिएको कार्यशालाका स्थानीय संयोजक ओजोनबाबु आचार्यले बताए । तीन दिनसम्म कलाकारहरुले कोरेको चित्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले संग्रहालय बनाएर राख्ने योजना बनाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । चित्रकला कार्यशाला तथा प्रदर्शनीका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १८ लाख रुपैयाँ विनियोजन गरेको उपप्रमुख विसन राईले बताए ।

5

pancha ma vi

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित