खोइ रिडिङ ?

  • प्रकाशित मितिः माघ १३, २०७५
  • 1059 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, माघ १३–जिल्लाको दुई पालिकामा विद्युत मिटर रिडिङ गर्न कर्मचारी नजाने गरेको खुलासा भएको छ । रावाबेसी गाउ“पालिका र दिप्रुङ चुइचुम्मा गाउ“पालिका बेलामा विद्युत रिडिङमा नजादा उपभोक्ताले बेलामा महशुल बुझाउ“न नसक्दा जरिवाना तिर्नु परेको गुसानो आएको छ ।
दिप्रुङ चुइचुम्मा गाउ“पालिका अध्यक्ष भूपेन्द्र राईका अनुसार विद्युत कर्मचारीले बेलामा मिटर रिडिङ नगर्दा उपभोक्ताले जरिवाना तिर्न बाध्य हुनु परेको बताए । उक्त पालिकाको वडा नं ६ छितापोखरी बाहेक अन्य सबै वडाका धेरैजसो ठाउ“मा विद्युत पुगेको र उक्त वडाहरुमा बेलामा विद्युत कर्मचारीले मिटर रिडिङ नगर्दा जरिवाना सहित महशुल बुझाउ“न बाध्य भएको राईले सुनाए । दुई–तीन महिनाको बीचमा मिटर रिडिङमा आएका कर्मचारीले एक ठाउ“ बसेर अन्दाजी गरेर रिडिङस्लीप दिने गरेको राईले जनाए । ‘बेलामा मिटर रिडिङ नगर्ने र रिडिङमा आएको बेला पनि एक ठाउ“मा बसेर अन्दाजीको भरमा स्लीप दिने गरेको छ ।’ अध्यक्ष राईले भने–‘यसबारे विद्युत प्रमुखलाई जानकारी गराउ“दा समेत अटेर गरिरहेको छ ।’
त्यस्तै रावाबेसी गाउ“पालिकामा पनि मिटर रिडिङमा कर्मचारी नपुगेको गुनासो आएको छ । उक्त पालिकाको वडा नं २ खार्पा, वडा नं ३ लामीडाडा“ र वडा नं ६ हौचुरमा विद्युत कर्मचारीले बेलामा मिटर रिडिङ नगर्दा उपभोक्ता मारमा परेको पालिका अध्यक्ष लीलानाथ निरौलाले बताए । दुई–तीन महिनामा एक चोटी विद्युत कर्मचारी पुग्ने भएकाले जरिवाना सहितको महशुल तिर्नु पर्ने भएकाले उपभोक्ता मारमा परेको अध्यक्ष निरौलाले सुनाए । उक्त पालिकाको वडा नं १ कुभिण्डे, वडा नं ४ डुम्रेधारापानी र वडा नं ५ दुबेकोलमा भने सामुदायिक विद्युत सञ्चालन गरिएकाले बेलैमा रिडिङ र महशुल बुझाउ“ने गरेको अध्यक्ष निरौलाको भनाई छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दिक्तेलका निमित्त प्रमुख उमेश महतोले भने कार्यालय प्रमुख बिदामा भएकाले आफूलाई थाहा नभएको बताए । कार्यालय प्रमुख रामदिनेश राय यादव माघ २ गतेदेखि घर बिदा छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित