सर्लाही, असोज १३—सर्लाही सदरमुकाम मलंगवामा दुई युवतीलाई सामूहिकरुपमा बलात्कृत गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । एक आरोपित फरार छन् । बलात्कार आरोपमा धनुषा जिल्ला सहिद नगरपालिका–४ मौरिया टोलका अनिकितकुमार यादव र पर्सा जिल्ला पटेर्वा सुगौलीका सुजित चौधरीलाई नियन्त्रणमा लिइएको हो ।
गत भदौ ३१ गते राति उनीहरुले बलात्कार गरेको भन्दै मलंगवा नगरपालिका–२ स्थित सन्तअल्पमाई रामनारायण यादव नर्सिङ कलेजमा अध्ययनरत दुई युवतीले यही असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
आरोपित र पीडित मलंगवा–२ को एउटै घरमा भाडामा बसेर पढ्दै आएका थिए । फार्मेसी दोस्रो वर्ष पास भएको उपलक्ष्यमा धनुषा जिल्ला सहिद नगरपालिका–४ मौरिया टोलका अनिकितकुमारले भोज खान बोलाएर सामूहिक बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ । सर्लाही घर भएका फरार एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
(यो समाचार कान्तिपुरबाट साभार गरिएको हो)
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित