नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १२–ऐसेलुखर्क बजारमा मृत फेला परेका रावाबेसी गाउँपालिका–४ डुम्रेधारापानीका ३३ वर्षीय नवराज आचार्यका आफन्तले शव बुझ्न राजी भएका छन् । असोज ११ गते बिहान ऐसेलुखर्कस्थित त्रिभुवन माविको गेट नजिकै बाटोदेखि करिब दुई मिटर तल मृत फेला परेका आचार्य मृत्यु हुनुमा शंका लागेको भन्दै शव बुझ्न मानेका थिएनन् ।
ऐसेलुखर्कस्थित श्याम राजभण्डारीको घरमा असोज १० गते बेलुकी साडे ८ बजेतिर खाना खाएर निस्किएका थिए । उनको मृत्युमा शंका लागेपछि आफन्तले शब बुझ्न इन्कार गरेका थिए । मृतकका आफन्त र प्रहरी बीच घटनाबारे मिहीन अनुसन्धान गर्ने, दोषी पत्ता लगाएर कानुनी कारबाही गर्ने सहमतीपछि शब बुझ्न राजी भएका हुन् । मृतकका आफन्तले घटना शंकास्पद भएको भन्दै जाहरी समेत दिएका छन् ।
आचार्य घोप्टो परेको अवस्थामा मन्टो भाँचिएको, साथमा दुई वटा मुढा, मोबाइलको चार्जर सहित मृत फेला परेका थिए । सहमतीपछि ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टमको तयारी गरिएको ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित