ऐसेलुखर्कमा सुमो चालक मृत फेला

  • प्रकाशित मितिः आश्विन ११, २०८०
  • 314 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ११–रावाबेसी गाउँपालिका–४ डुम्रेधारापानीका ३३ वर्षीय नवराज आचार्य असोज ११ गते बिहान मृत फेला परेका छन् । ऐसेलखर्क बजारस्थित त्रिभुवन माविको गेट नजिकै बाटोदेखि करिब दुई मिटर तल मृत फेला परेका हुन् ।
आचार्य ऐसेलुखर्क–काठमाडौं सुमो चालक हुन् । ऐसेलुखर्कस्थित श्याम राजभण्डारीको घरमा असोज १० गते बेलुकी साडे ८ बजेतिर खाना खाएर निस्किएका थिए । आचार्यको शवको साथमा दुई वटा मुढामध्ये एउटाले हातमा किचिरहेको र मोबाइलको चार्जर फेला परेको प्रहरीले जनाएको छ । पोष्टमार्टमपछि विस्तृत जानकारी आउँने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता टिकाराज बरालले बताए । आफन्त आएपछि ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिने ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित