अरिङ्गालले चिलेर बालिकाको मृत्यु

  • प्रकाशित मितिः आश्विन ९, २०८०
  • 228 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ९–अरिङ्गालले चिलेर एक बालिकाको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–२ खार्तम्छाकी ३ वर्षीया प्रतिमा राईको असोज ९ गते मृत्यु भएको हो ।
असोज ९ गते विहान दिदीहरुसंग विद्यालय जादै गरेको अवस्थामा अरिङ्गालले चिलेर घाइते भएकी बालिकाको दिक्तेल अस्पतालमा उपचारको क्रममा दिउसो साडे २ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक टिकाराम बरालले बताए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित