गोरु काटेको आरोपमा युवक पक्राउ

  • प्रकाशित मितिः आश्विन ९, २०८०
  • 454 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ९–गोरु काटेको आरोपमा रावाबेसी गाउँपालिका–६ हौचुर चाँपखर्कका २७ वर्षीय वादल गुरुङ पक्राउ परेका छन् । गुरुङलाई असोज ९ गते घरैबाट पक्राउ गरिएको हो ।
असोज ८ गते गोरु काटेर सामुहिक भोज गरेको फोटो सामाजिक सञ्जाल फेसबुकमा आएपछि प्रहरीले खोजी गरेको थियो । उनलाई सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता टिका बरालले बताए । घटनास्थलमा नभई निर्दोषलाई घरबाट पक्राउ गरिएकाले विनाशर्त रिहाई हुनु पर्ने उनका बुवा मोहन गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित