डिएसपी विरुद्ध सामाजिक सञ्जालमा मनपरी लेखेको आरोपमा पक्राउ परेका दिपक राई रिहा

  • प्रकाशित मितिः असोज ८, २०८०
  • 878 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ८ –जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्कालाई सामाजिक सञ्जालमा अपशब्द लेखेको आरोपमा असोज ८ गते पक्राउ परेका किरात राई विद्यार्थी संघ खोटाङका पूर्व अध्यक्ष दिपक राई रिहा भएका छन् । गत असोज ४ गते कोसी प्रदेशका खानेपानी, सिञ्चाइँ, उर्जा तथा स्वास्थ्यमन्त्री तिलककुमार मेन्याङ्बोलाई कालो झण्डा देखाउँने क्रममा खड्काले लाठी चार्ज गरेको विषयलाई लिएर सामाजिक सञ्जालमा अपशब्द लेखेको आरोपमा पक्राउ परेका राईलाई दुई घण्टापछि छाडिएको हो ।
सामाजिक सञ्जालमा धुनधान लेखेकाले बोलाएर सम्झाई बुझाई गरेर पठाइएको खोटाङका प्रमुख जिल्ला अधिकारी सन्तकुमार सुनारले बताए । राईलाई दुई घण्टासम्म नियन्त्रणमा लिएर विनासर्त रिहा गरेको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातीले बताए । असोज ४ गतेका दिन प्रहरीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै जिल्लास्थित गठबन्धन दलका प्रमुख तथा प्रतिनिधिहरुले समेत विज्ञप्ती मार्फत र प्रदेश १ पुनःनामाङ्कन संयुक्त संघर्ष समिति खोटाङले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापन पत्र बुझाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित