‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’को तयारी तिब्र, १४ मुलुकका कलाकार सहभागी हुने

  • प्रकाशित मितिः आश्विन ७, २०८०
  • 275 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ७ –असोज–१७ गतेदेखि २१ गतेसम्म दिक्तेलमा हुने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ मा १४ देशका कलाकारहरुले सहभागिता जनाउँने भएका छन् । असोज ७ गते आयोजित पत्रकार सम्मेलनमा अहिलेसम्म १४ देशका ४० जना कलाकारहरुको सहभागिता रहने भएको हो ।
उक्त प्रदर्शनीमा नेपाल, अस्ट्रेलिया, अमेरिका, जापान, लातभिया, लिथुअनिया, दक्षिण कोरिया, युक्रेन, भियतनाम, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत लगायत विभिन्न १४ देशका ख्यातिप्राप्त चित्रकारहरुको सहभागिता हुने नगर प्रमुख तीर्थराज भट्टराईले बताए । धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धन तथा विकास गर्ने उद्धेश्यले पाँच दिने कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कलाकारहरुले करिब १०० वटाजति चित्र बनाउँने भट्टराईले बताए । उक्त चित्र असोज–२० गते दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा चित्रकला प्रदर्शनी गर्नुका साथै संग्रहालय बनाएर राखिने समेत भट्टराईले सुनाए ।
कार्यक्रममा स्थानीय परिकारको स्टल, विभिन्न जातजातिको साँस्कृतिक झाँकी, स्थानीय कलाकारहरुको नृत्य प्रदर्शन लगायतका कार्यक्रम गर्ने तयारी गरिएको भट्टराईले बताए ।
चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रमलाई सफल पार्न नगर प्रमुख भट्टराईको संयोजकत्वमा एक सय ४५ सदस्यीय मूल समारोह समिति, नगर उपप्रमुख विशन राईको संयोजकत्वमा सात सदस्यीय स्वागत व्यवस्थापन समिति, १२ नं. वडाध्यक्ष एवम् सामाजिक विकास समिति संयोजक दानबहादुर राईको संयोजकत्वमा पाँच सदस्यीय कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको जनाइएको छ । यस्तै, वडा नं. १ का वडाध्यक्ष नवराज राईको संयोजकत्वमा पाँच सदस्यीय झाँकी व्यवस्थापन समिति, वडा नं. ५ का वडाध्यक्ष एवम् नगर प्रवक्ता दिनेश घिमिरेको संयोकत्वमा ३५ सदस्यीय प्रचारप्रसार समिति लगायत विभिन्न उपसमितिहरु गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
नेपाल सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको समेत उपस्थिति रहने कार्यक्रममा जिल्लास्थित विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गरिने समेत भट्टराईले सुनाए । जिल्लाका पर्यटकीयस्थलहरु टेम्के, रुपाकोट, मझुवागढी, भुलभुले लगायतका ठाउँहरुको अवलोकन तथा त्यस ठाउँहरुको समेत चित्र उतार्ने कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित