कोसी प्रदेशका खानेपानी, सिचाइ, ऊर्जा तथा स्वास्थ मन्त्री तिलककुमार मेन्याङ्बोलाई कालो झण्डा

  • प्रकाशित मितिः आश्विन ४, २०८०
  • 234 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ४–कोसी प्रदेश खानेपानी, सिचाइ, ऊर्जा तथा स्वास्थ मन्त्री तिलककुमार मेन्याङ्बोलाई पहिचान पक्षधरले असोज ४ गते कालो झण्डा देखाएका छन् । जिल्ला अस्पताल खोटाङको निरीक्षण तथा अनुगमन गरेर फर्कने क्रममा दिक्तेलको हस्पिटल चौकमा कालो झण्डा देखाएका हुन् ।

photo
कोसी प्रदेश नामाङ्कनको विरोधमा कालो झण्डा देखाउँदै प्रदर्शन गरेका थिए । प्रदर्शनकारी र सुरक्षाकर्मी बीच झडप हुँदा किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरात, किरात युवा फोर्सका संयोजक निर्मल राई, मुल संघर्ष समितिका सचिवालय सदस्य सुनिल चाम्लिङ लगायत घाइते भएका छन् । बाटो क्लियर गर्ने क्रममा झडप भएको खोटाङका प्रमुख जिल्ला अधिकारी सन्तकुमार सुनारले बताए ।

photo2

photo3

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित