नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २३—अदालतको परमादेशपछि कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता हिक्मतकुमार कार्कीले असोज २२ गते शपथ लिएपछि पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्दै पद तथा गोपनीयताको शपथग्रहण गरेपछि मन्त्रीमा खोटाङका पाँचकर्ण राई लगायत तिलककुमार मेन्याङ्बो, एकराज कार्की र राज्यमन्त्रीमा सिर्जना राईलाई नियुक्त गरेका हुन् ।
पाँचकर्णलाई वन, वातावरण तथा पर्यटन र उद्योग, भूमि व्यवस्था तथा कृषि, मेन्याङ्बोलाई खानेपानी, सिँचाइ तथा ऊर्जा र स्वास्थ्य, कार्कीलाई भौतिक पूर्वाधार विकास र सिर्जनालाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिएका छन् । कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालय आफूसँगै राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, फागुन २–गैरसरकारी संस्था म�... ... ...
सविना अछामे–खोटाङ, फागुन १–नेकपा माओवादीका उप�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २९–खोटेहाङ �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २९–अहिलेको �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित