नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २१–जिल्लाका केही स्थानीय तहका निवर्तमान जनप्रतिनिधिहरुले लिएको सामान फिर्ता नगरेको गुनासो आएका छन् । हलेसी तुवाहलेसी तुवाचुङ नगरपालिकाका निवर्तमान मेयर इवन राई र दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष सपना राईले लिएको सामान अझै फिर्ता नगरेको खुलासा भएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका निवर्तमान प्रमुख इवन राईले नगरपालिकाबाट लिएको क्यामेरा र ल्यापटप फिर्ता गरेका नगरपालिका श्रोतले जनाएको छ । श्रोतका अनुसार क्वाटरका सबै सामानहरु बुझाए पनि एउटा क्यामेरा र ल्यापटप भने अझै नबुझाएको हो ।
दिप्रुङ चुइचुम्माकी निवर्तमान उपाध्यक्ष सपना राईले गाउँपालिकाबाट लिएको एउटा आइफोन बुझाएकी छैनन् । अधिल्लो कार्यकालका जनप्रतिनिधिहरुले अन्य सामान भने बुझाएको गाउँपालिकाका सूचना अधिकारी पिएसपी चाम्लिङले बताए । निवर्तमान प्रमुख राईले लिएको दुई थान ल्यापटपमध्ये एक थान पहिल्यै र एक थान पछि फिर्ता गरेको दाबी गरेका छन् भने उपाध्यक्ष राईले चाहिँ आफूले लिएको आइफोन फुटेको दाबी गर्दे आएकी छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–काठमाडौं, मङ्सिर १७–स�... ... ...
सविना अछामे–खोटाङ, मङ्सिर १६–खोटेहाङमा नेकपा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १५–एमाल�... ... ...
सविना अछामे–खोटाङ, मङ्सिर १५–दिक्तेलस्थित ला�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १५–कोशी �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित