‘कसैलाई पछि नपारौं,–नछोडौं’ परियोजना सुरु

  • प्रकाशित मितिः भदौ १६, २०८०
  • 235 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, भदौ १६–बालसेवा समाज नेपालले ‘कसैलाई पछि नपारौं–नछोडौं’ परियोजना सञ्चालन गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभेद, अन्याय, बन्चितीकरण र बहिस्करणमा परेका जोखिम वर्ग समूहको पहुँच विस्तार गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।
युएनडीपीको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको परियोजनाका प्रबन्धक युवराज रिजालले बताए । ‘अति विपन्न परिवार, दलित, एकल महिला, अपाङ्गता भएका, जेष्ठ नागरिक लगायतलाई लक्षित गरी नगरपालिकाको १५ वटै वडामा यो कार्यक्रम सञ्चालन गरिएको हो ।’ रिजालले भने–‘सामाजिक, आर्थिक, राजनीतिक, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, शैक्षिक, लैंगिक, जातीय, भाषिक, वर्गीय, धार्मिक वा अन्य कारणले विभेद, अन्याय, बन्चितीकरण र बहिस्करणमा परेका जोखिम वर्ग समूहको पहिचान गर्न सरोकारवालाहरुको बुझाइमा समेत एक रुपता ल्याउँन यो परियोजना सञ्चालन गरिएको हो ।’
यो परियोजना गत साउन १ देखि सुरु भएको रिजालले बताए । आगामी पुससम्मका लागि संझौता गरिएको छ । यो परियोजनाले प्रत्यक्ष एक सय २० र अप्रत्यक्ष रुपमा तीन सय ६ जना जोखिममा परेका वर्ग तथा समुदायका लागि काम हुने भदौ १५ गते दिक्तेलमा आयोजित मिडिया अभिमुखीकरण कार्यक्रममा रिजाले सुनाए । सका लागि १८ लाख रुपैयाँ बजेट खर्च हुने रिजालको भनाई छ । मिडिया अभिमुखीकरण कार्यक्रमको उद्घाटन नगरप्रमुख तीर्थराज भट्टराईले गरेका थिए । कार्यक्रममा नगरउपप्रमुख विसन राई लगायत जिल्लास्थित पत्रकारहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित