दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’ हुने

  • प्रकाशित मितिः भदौ १६, २०८०
  • 314 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १६–दिक्तेलमा अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कला, संस्कृति र पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यल असोज १७ देखि २१ गतेसम्म विश्वका दर्जन देशका कलाकारहरुको सहभागितामा चित्रकला तथा कला प्रदर्शनी हुने भएको हो ।
यसको नाम ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी २०८०’ राखिएको छ । नगरपालिका र कलाकार धुन याक्खाको ‘धनु आर्ट स्टुडियो’को संयुक्त आयोजनामा कार्यशाला तथा प्रदर्शनी हुने भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । उक्त चित्रकला प्रदर्शनीमा अमेरिका, इथियोपिया, दक्षिण कोरिया, भियत्नाम, भारत, बङ्गलादेश, नेपाल लगायतका कलाकारहरुले चित्र कोर्ने छन् । चित्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यापर्यटकीय क्ष्ँेत्र रुपाकोट, धार्मिक तथा किरात ऐतिहासिकस्थल मझुवागढी, दिक्तेल बजार, भुलभुले, मुढे लगायतका ठाउँहरुमा कोरिने कार्यशालाका स्थानीय संयोजक ओजोनबाबु आचार्यले बताए ।
दिक्तेल आउ“ने कलाकारहरुलाई नगरपालिकाका विभिन्न समुदायले झा“की सहित स्वागत गर्ने छन् । महुरेगढी नुनथलामा तामाङ समुदायले, मुढेमा सेर्पा समुदायले, किरात चौकमा किराती राई समुदायले, दिक्तेल बजारमा नेवार समुदायले स्वागत गर्ने छन् । यसबाहेक नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीले समेत विशेष स्वागत गर्ने भट्टराईले बताए । विश्वका कलाकारहरुले कोरेको चित्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले संग्रहालय बनाएर राख्ने योजना बनाइएको भट्टराईले बताए । चित्रकला कार्यशाला तथा प्रदर्शनीका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १८ लाख रुपैयाँ विनियोजन गरेको उपप्रमुख विसन राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित