विद्यार्थी थलिएप्छि दिक्तेलका दुई सामुदायिक विद्यालय बन्द

  • प्रकाशित मितिः भदौ ५, २०८०
  • 309 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ५–विद्यार्थी थलिएप्छि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सदरमुकाम दिक्तेलका दुई सामुदायिक विद्यालय भदौ ५ देखि ८ गतेसम्मका लागि बन्द भएका छन् । आँखा पाक्ने, ज्वरो आउँने, छाती दुख्ने, खोकी लाग्ने लगायतका विरामीले थलिएपछि दिक्तेलको सरस्वती मावि र पञ्च मावि बन्द गरिएको हो ।
विद्यार्थी विरामी परेको खबर पाएपछि भदौ ४ गते विद्यालयमै गएर जाँच गर्दा सरस्वती माविका ४० प्रतिशत विद्यार्थीलाई आँखा पाक्ने समस्या देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताए ।
त्यस्तै पञ्च माविका अधिकांश विद्यार्थी पनि भाइरल इन्फ्लोइन्जाले विरामी परेको आचार्यले बताए । उनका अनुसार नमूनाका रुपमा कक्षा १० का २८ जनालाई जाँच गर्दा २५ जनालाई ज्वरो आउँने, छाती दुख्ने, खोकी लाग्ने विरामीले सताएको आचार्यले जनाए । कक्षा १० का अन्य ६ जना विरामी सिकिस्त परेर घरमै सुतिरहेको आचार्यको भनाई छ ।
विद्यार्थी विरामी परेपछि भदौ ५ देखि ८ गतेसम्मका लागि विद्यालय बन्द गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका शिक्षा शाखा प्रमुख तीर्थ विश्वकर्माले बताए । सरस्वती माविमा करिब १७ सय र पञ्च माविमा करिब डेढ सय विद्यार्थी अध्ययन गर्छन् ।

तस्बिर सौजन्य : खेमराज आचार्य

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित