सुक्यो पानीको मुहान
- प्रकाशित मितिः माघ ७, २०७५
- 1535 पटक पढिएको
- संवादताता
नमस्ते खोटाङ संवाददाता-
खोटाङ, माघ ७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढी क्षेत्रमा एक्साभेटर प्रयोग गरेर अवैध रुपमा ढुङ्गा खानी सञ्चालन गर्दा त्यसको कम्पनले पानीका मुहान सुकेका छन् । पानीको मुहान सकेपछि पानी अभावमा स्थानीय बसाइ सरेका छन् ।
स्थानीयका अनुसार मझुवागढी आसपासमा एक्साभेटर प्रयोग गरेर ढुङ्गा खानी सञ्चालन गर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा चार वटा पानीका मुहान सुकेका छन् । स्थानीय नेत्र कटवालका अनुसार का“डेधारा, कालीमाटी, जुकेपानी बोजिनी खोला लगायतको पानीको मुहान सकेको हो । पानी सुकेपछि का“डेगाउ“मा सात घरपरिवार बसाइ सरेका छन् ।
स्थानीय मिलन कसजूका अनुसार का“डेगाउ“का सात घर पानी अभावले बसाइ सरेका हुन् । उनका अनुसार तेजबहादुर कार्की, गङ्गाबहादुर कार्की, गङ्गा कार्की, लालबहादुर कार्की, कर्णबहादुर कार्की, अम्बरबहादुर कार्की र नेत्रबहादुर कार्की बसाइ सरेका हुन् ।
यहा“ बसोबास गर्ने अन्यले घण्टौं लगाएर पानी बोक्नु पर्ने वाध्यता छ । यहा“का १९ घर परिवारले अन्यत्रबाट घण्टौं लगाएर पानी बोक्नु परेको स्थानीयले बताएका छन् । आफूहरुले पिउदै गरेको पानीको मुहान सुकेपछि स्थानीय गोरुमैदे भन्ने ठाउ“बाट पानी ओसार्नु परेको स्थानीय नेत्र बटवालले बताए ।
एक्साभेटर प्रयोग गरेर अवैध रुपमा ढुङ्गा खानी सञ्चालन गर्दा पानीको मुहान सुकेको र पानी व्यवस्थापनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अनुरोध गर्दा समेत बेवास्ता गरिएको कटवालले सुनाए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका वडा अध्यक्ष डिल्ली राईलाई समेत अनुरोध गर्दा बेवास्ता गरेको स्थानीय मिलन कसजूले सुनाए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले भने यसक्षेत्रको पानी व्यवस्थापनका लागि नगरपालिकाको बजेटले नपुग्ने भएकाले प्रदेश सरकारलाई अनुरोध गरिएको बताए । रिजालका अनुसार प्रदेश सरकारले यो वर्षका लागि साप्सुखोलाबाट पम्पिङ प्रविधिबाट खानेपानी योजना सञ्चालनका लागि एक करोड बजेट बिनियोजन गरेको रिजालले सुनाए । यति बजेटले पनि अपुग हुने भएकाले अन्य थप बजेटका लागि समेत पहल भइरहेको रिजालले जनाए ।