स्थानीय तहको एक वर्ष

  • प्रकाशित मितिः असार १८, २०७५
  • 1378 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असार १८–स्थानीय तह कार्यान्वयनमा आएको एक वर्ष भएको छ । यो अवधिमा खोटाङका सबै (दुई नगरपालिका र आठ) गाउ“पालिकाले सडक लागयतका भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरका छन् । 
सडकलाई प्राथमिकतामा राखेर काम गरिए पनि कतिपय सडकहरू गुणस्तरहीन बनेको स्थानीयको गुनासो छ । कतिपय गाउ“पालिका अध्यक्षहरुले भने आफ्नै एक्साभेटर भएकाले आफैले काम गर्नका लागि पनि सडक खनिएको स्थानीयको आरोप छ । एक्साभेटर नहुने पालिका अध्यक्षले समेत कमिसनको लोभमा सडकलाई प्राथमिकता दिएको स्थानीयको गुनासो छ । केपिलासगढीमा जताततै सडक खनिए पनि प्राकृतिक सम्पदा नष्ट हुनका साथै गुणस्तरहीन भएको गुनासो गरेका छन् । सुङ्देलदेखि सालपासम्म सडक खनिदा प्राकृतिक श्रोत नष्ट हुने भएकाले उक्त सडक खन्न नहुने स्थानीयको भनाई छ । जताततै सडक खनिनु र गुणस्तरहीन भएको भन्ने गुनासोप्रति जिज्ञासा राख्दा राईले भने–‘आगामी आर्थिक वर्ष सडकमा बजेट कम गरिएको छ ।’ उनले भने–‘आगामी आर्थिक वर्षमा उस्तरोन्नतिको काम मात्र हुन्छ ।’ राईका अनुसार केपिलासगढी गाउ“पालिकामा  १५ करोड ६५ लाख बजेटमध्ये ९० प्रतिशत बजेट खर्च भएको छ ।
साकेला, दिप्रुङ चुइचुम्मा, बराहापोखरी, जन्तेढुङ्गा गाउ“पालिकामा पनि सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको थियो । त्यसै आधारमा काम भएको छ । दिप्रुङ चुइचुम्मा गाउ“पालिका अध्यक्ष भूपेन्द्र राईका अनुसार २८ करोड ५८ लाख ५२ हजारमध्ये करिब ९० प्रतिशत खर्छ भएको छ । यसम्धये सडक खन्न छुट्टयाइएको बजेट लगभग सकिएको राईले बताए । खोटेहाङ गाउ“पालिकामा भने सडक स्तरोन्नतिलाई बढी प्राथमिकतामा राखिएको थियो । 
ऐसेलुखर्क र रावाबेसी गाउ“पालिकामा पनि सडकलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको थियो । ऐसेलुखर्क गाउ“पालिकामा २४ करोड ७० लाख रुपैया“मध्ये करिब ९५ प्रतिशत खर्च भएको ऐसेलुखर्क गाउ“पालिकाका कार्यकारी अधिकृत जीवन निरौलाले बताए । त्यस्तै रावाबेसी गाउ“पालिका कार्यकारी अधिकृत प्रज्वल घिमिरेका अनुसार  १७ करोड ७७ लाख ४४ हजार रुपैया“ बजेट मध्ये ९५ प्रतिशत खर्च भइसकेको छ । उक्त बजेट सडकलाई प्राथमिकतमा राखेर विनियोजन गरिएको घिमिरेले सुनाए ।  
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पनि सडक नै पहिलो प्राथमिकतामा परेको थियो । उक्त नगरपालिकामा खनिएका केही सडकहरू गुणस्तरहीन भएको स्थानीयको गुनासो छ । पदाधिकारीहरूले अनुगमन गरे पनि सडक भने गुणस्तरहीन भएको स्थानीयको भनाई छ । उक्त नगरपालिकामा ६० करोड ५४ लाख ६३ हजारमध्ये करिब ५१ करोड ७२ लाख ९९ हजार छ सस खर्च  भएको लेखापाल सन्तोष बन्जराले बताए । 
हलेसी तुवाचुङ नगरपालिकामा पनि सडकलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको थियो । प्राविधिक हिसावले गुणस्तरहीन तिब्र भए पनि उक्त पालिकाको २४ करोड ७० लाख रुपैया“ बजेट मध्ये लगभग ९० प्रतिशत सकिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले सुनाए । उक्त नगरपालिकामा सडक, विद्युत र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको राईले बताए । 
सडक लगायतका भौतिक पूर्वाधारमा मात्र बजेट विनियोजन गर्नुका साथै सडक खन्दा एक्साभेटर प्रयोग गरिएकाले त्यसको असर भने देखा परेका छन् । विभिन्न ठाउ“मा पानीको मुहान सुक्नका साथै पहिरो समेत जान थालेको छ । शिक्षा, स्वास्थ्य, उद्योग लगायतमा भने बजेट न्युन रुपमा मात्र विनियोजन गरिएको छ । पर्यटन, कृषि, शिक्षा, उद्योग लागयतका अन्य महत्वपूर्ण विषयमा बजेट विनियोजन न्युन हुदा त्यसको विकासले गतिलिन सकेको छैन । पर्यटन प्रबद्र्धनको एउटा महत्वपूर्ण सम्भावना बोकेको केपिलासगढी गाउ“पालिकाको सुङ्देल, फेदी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पाथेकामा पाइने लोपोन्मुख रेडपाण्डा, भीर माहुरी, सालक लगायत विभिन्न पुरातात्विक विषयमा बजेट विनियोजन हुन सकेको छैन । बरु जिल्ला समन्वय समितिका संयोजक बबि चाम्लिङ लगायतका जनप्रतिनिधिहरुको संलग्नतामा मझुवागढी लगायतका पुरातात्कि सम्पदा तथा वन क्षेत्र भने नष्ट पारिएको छ । उक्त मझुवागढी क्षेत्रमा सडक खन्ने नाममा सम्पदा तथा वन क्षेत्र नष्ट पारिएको हो । पहु“चकै कारण वनक्षेत्र नष्ट गर्नेमाथि सम्वन्धित निकायले कारबाही प्रक्रिया बढाउ“न नसकेको हो । दीगो विकासप्रति जनप्रतिनिधिहरुको चेतना नहुदा समस्या भएको स्थानीयको गुनासो छ । 
स्थानीयले सडक मात्र विकास नभएकोले आगामी आर्थिक वर्षमा भने अन्य विकासमा समेत बजेट विनियोजन हुनु पर्ने गुनासो गरेका छन् । भौतिक विकासमा मात्र होइन सामाजिक क्षेत्रको पनि विकास जरुरी भएको पूर्व सांसद टंक राईले सुनाए । ‘चेतनाको विकास भएन भने त्यो विकास हुन सक्दैन ।’ राईले भने–‘विकास भनेको सबैले अनुभूति हुने खालको हुनु पर्छ ।’ राईले थपे–‘यसका साथै शिक्षा, स्वास्थ्य, कृषि, उद्योग लगायतको विकास जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित