खोटाङमा अधिकांश ग्रामीण सडक अबरुद्ध

  • प्रकाशित मितिः साउन २४, २०८०
  • 650 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २४–लगातारको झरिले पहिरो र बाढीले सडक भत्काउदा अधिकांश ग्रामीण सडक अबरुद्ध भएका छन् । केही दिनदेखिको लगातारको झरिले ठाउँ–ठाउँमा पहिरो जानका साथै बाढीले सडक भत्काउँदा जिल्लाका अधिकांश ग्रामीण सडक अबरुद्ध भएको हो ।
दिक्तेल–हुर्लुङ–जालपा–ऐसेलुखर्क, दिक्तेल–हुर्लुङ–जालपा–बाक्सिला, दिक्तेल–खार्मी, दिक्तेल–पाथेका, दिक्तेल–मात्तिम–पञ्चमी, दिक्तेल–रेग्मीटार–रसुवा, दिक्तेल–दिप्रुङ पञ्चमी–रोक्सिङ भन्ज्याङ–खोटाङबजार लगायतका ग्रामीण सडक अवरुद्ध भएको खोटाङ यातायात प्रालिका सचिव राम हिङ्माङले बताए । यातायात सञ्चालनका बारेमा सम्वन्धित स्थानीय तहहरुलाई अनुरोध गरिरहेको हिङ्माङले सुनाए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जालपा र पाथेकामा सडक मर्मत सुरु गरेको हिङ्माङको भनाई छ । तर झरि नरोकिएकाले नियमित रुपमा यातायात कहिलेदेखि सञ्चालन हुने भन्ने टुङ्गो नभएको उनले बताए । यातायात अबरुद्ध भएपछि विरामी, अशक्त लगायतलाई सास्ती छ । जिल्लामा अहिले साना–ठूला गरी तीन सय भन्दा बढी यात्रुबाहक सवारी सञ्चालित छन् ।

(फोटो : दानबहादुर राईको फेसबुकबाट साभार गरिएको हो)

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित