रोल्पामा बस दुर्घटना, चार जनाको मृत्यु, एक बालक बेपत्ता, १४ जना घाइते

  • प्रकाशित मितिः साउन २३, २०८०
  • 603 पटक पढिएको
  • संवादताता

रोल्पा, साउन २३–रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको बस रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा साउन २३ गते दिउसो एक बजेतिर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता छन् । अन्य १४ जना घाइते छन् । ना ५ ख २६१२ नम्बरको बस सडकबाट करिब ५० मिटर मुनि खसेको थियो ।
घटनास्थलमा घाइते र मृत्यु भएकाहरुको उद्धार जारी रहेको स्थानीय अगुवा डम्बरबहादुर पुनले बताए । उनका अनुसार घटनास्थलमा उद्धारका लागि प्रहरीसहित स्थानीय खटिएका छन् । मृतकको पहिचान हुन बाँकी छ । घटनाबारे जानकारी पाएपछि सदरमुकामबाट प्रहरी निरीक्षकसहितको प्रहरी टोली खटाइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले बताए ।
उत्तरी रोल्पाको परिवर्तन गाउँपालिकाको बागमाराबाट बिहान दाङ तर्फ जाँदै गरेको बस त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिचीमा दुर्घटनाग्रस्त भएको हो । चालकसहित घाइतेलाई उद्धार गरेर रोल्पाको रेउघास्थित जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित