सविना अछामे–
खोटाङ, साउन २३–ब्लड क्यान्सरबाट पीडित बालिकालाई मित्र मिलन स्पोर्टस् क्लवले आर्थिक सहयोग गरेको छ । साकेला गाउँपालिका–२ रतन्छा जोरधारा छेउ घरभएकी ४ वर्षीया ब्लड क्यान्सर पीडित आकृति राईलाई सहयोग गरेको हो ।
बालिकाको काठमाडौंको महाराजगंजस्थित कान्ति बालअस्पतालमा उपचार भइरहेको छ । क्लवका अध्यक्ष राजेन्द्र राईको पहलमा रकम संकलन गरी तीन लाख रुपैयाँ साउन ११ गते पीडितका बुवा उपदेश राईलाई बुझाइएको क्लवका सदस्य मन्दिप चाम्लिङ राईले बताए । पीडित परिवारको आर्थिक अवस्था कमजोर भएकाले अन्य सहयोग पनि सङ्कलन भइरहेको उनले सुनाए । मित्र मिलन स्पोर्टस् क्लव खेलकूद मात्र नभएर समाज सेवा पनि गर्दै आएको राईले बताए । यो क्लव साकेला गाउँपालिका–२ रतन्छामा स्थापना गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित