पप्पु सहित २४ निर्माण कम्पनीलाई कालो सूचीमा राखियो

  • प्रकाशित मितिः साउन २२, २०८०
  • 739 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
काठमाडौं, साउन २२-ठेक्का लिएर काम नगर्ने विभिन्न २४ निर्माण कम्पनीहरु कालो सूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सार्वजनिक सूचना मार्फत पप्पु कन्स्ट्रक्सनसहित २४ कम्पनीलाई कालोसूचीमा राखिएको हो ।
यी २५ निर्माण कम्पनीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि निकायको खरिद तथा ठेक्का प्रक्रियामा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । विभिन्न सार्वजनिक निकायले कालोसूचीमा राख्न लेखी पठाएकाले कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । केही कम्पनी एक वर्षका लागि त केही डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ ।
पप्पु कन्स्ट्रक्सन, कोशी एन्ड न्यौपाने निर्माण सेवा, नतासा निर्माण सेवा, त्रिवेणी निर्माण सेवा, समृद्ध निर्माण सेवा, नवनिर्माण बिल्डर्स, चेतना कन्स्ट्रक्सन, यूकेएन कन्स्ट्रक्सन, बीकेबी कन्स्ट्रक्सन, ब्लुबर्ड डिजाइन एण्ड कन्स्ट्रक्सन, बुढाथोकी निर्माण सेवा, नयाँ निर्माण सेवा, शुभम् कन्स्ट्रक्सन, एके कन्स्ट्रक्सन, केआर निर्माण सेवा, माबोहाङ निर्माण सेवा, अर्भान कन्स्ट्रक्सन, लामाबुढा निर्माण तथा सामग्री सप्लायर्स, एक्सन बिल्डर्स, नुरी कन्स्ट्रक्सन, अन्जल निर्माण सेवा, अनुस्ठान कन्स्ट्रक्सन, युद्ध निर्माण सेवा र जय भगवती निर्माण सेवालाई कालोसूचीमा राखेको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित