नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २१–राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङले लम्पी स्किन रोगबारे विवरण दिन सम्वन्धित निकायहरुलाई पत्राचार गरेको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयपुर सम्पर्क केन्द्र दिक्तेल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई साउन १९ गते पत्राचार गरेको हो ।
लम्पी स्किनले पु¥याएको क्षति, महामारी नियन्त्रणमा आउँन नसक्नुका कारण, संक्रमित पशुहरुको उपचारको अवस्था, रोगले कति पशु मरे भन्ने क्षति विवरण र यसबाट पीडित किसानलाई क्षतिपूर्ति तथा राहत व्यवस्था छ छैन भनि त्यसबारे सोधनीको पत्राचार गरेको हो । अन्य पालिकाको विवरण भने भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयपुर सम्पर्क केन्द्र दिक्तेल मार्फत आउँने राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेश सम्पर्क कार्यालय खोटाङकी प्रमुख गीताकुमार दाहालले बताइन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित