सविना अछामे–
खोटाङ, साउन २१–तत्कालीन प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा अनियमिततामा मुछिएर निलम्बनमा परेपछि १५ दिनदेखि प्रमुख जिल्ला अधिकारी विहीन खोटाङमा गृह मन्त्रालयले सहसचिव सन्तबहादुर सुनारलाई खटाएको छ । खोटाङ आएको २२ दिनमै अनियमिततामा मुछिएर साउन ७ गते खतिवडा निलम्बनमा परेपछि प्रजिअ विहीन खोटाङमा साउन २१ गते प्रजिअ आएका हुन् ।
खतिवडाले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएको बेला विद्युत आयोजनामा भ्रष्टाचारमा संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा साउन ७ गते आरोप पत्र दायर गरेपछि त्यसै दिन गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीबाट निलम्बन गरेको थियो ।
आर्थिक वर्ष २०७५÷७६ मा विद्युतीकरणका लागि आवश्यक सामग्री खरिदका क्रममा मिलेमतो गरी नक्क्ली विल तथा कागजात बनाएर भ्रष्टाचार गरेको भन्दै खतिवडा लगायत दश जना विरुद्ध अख्तियार आयोगले आरोप पत्र दर्ता गराएको थियो । विद्युतको पोल, तार, ट्रान्समिटर खरिद योजनामा मिलेमतो गरेको भन्दै अख्तियारले खतिवडा, नेपाल विद्युत प्राधिकरण ओखलढुङ्गा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, सिद्धिचरण नगरपालिका–१० का वडाअध्यक्ष दामोदर धमला, खानेपानी तथा सरसफाइ प्राविधिक दिलकुमार बुढाथोकी लगायत विरुद्ध गैरकानुनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको भन्दै आरोप पत्र दर्ता भएको थियो ।
उक्त आयोजनाका लागि नेपाल विद्युत प्राधिकरणबाट बइजल एसीएसआर कन्डक्टर, स्टिल ग्यालभनाइज पोल, स्याकल इन्सुलेटर डि आइरन सेट, पिन इन्सुलेटर स्पिन्नडल लगायतका उपकरण निःशुल्क प्राप्त भएको थियो । तर प्राधिकरणबाट निःशुल्क प्राप्त सामग्रीलाई देखाएर नमानी सप्लायर्स लहानको नाममा फर्जी बिल बनाएर चार लाख ७७ हजार आठ सय ९९ रुपैयाँ भ्रष्ट्राचार गरेको खख्तियारले औल्याएको थियो । बढी भुक्तानी भएको रकमको बिगो कायम गरी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खतिवडा, तत्कालीन इन्जिनियर दाहाल, तत्कालीन खानेपानी तथा सरसफाइ प्रविधिक बुढाथोकी र वडाअध्यक्ष धमलालाई भ्रष्टाचार विवारण ऐन २०५९ को दफा १९(२) बमोजिम कैद र जरिवाना गर्न माग दाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित