नमस्ते खोटाङ संवाददाता–
काभ्रे्, साउन २०–छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पनौती नगरपालिका-२ स्थित कुशादेवि माध्यमिक विद्यालयका शिक्षक छविरमण गौतमलाई ईलाका प्रहरी कार्यालय बनेपाले हिरासतमा लिएको छ । कक्षा कोठाभित्रै छात्रामाथि यौन जन्य दुर्व्यवहारको आरोप लागेका शिक्षक गौतमलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको हो ।
ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराका अनुसार पनौती-२ मा रहेको कुशादेवी माविमा अध्यापन गराउने गौतमले पटक-पटक आफूहरुलाई यौनजन्य दुर्व्यवहार गरेको भन्दै कक्षा १० मा अध्ययनरत ११ जना छात्राहरुले साउन १६ गते सामूहिक रुपमा प्रहरीकोमा किटानी जाहेरी दिएको इलाका प्रहरी कार्यालय बनेपाले जानकारी दिएको छ । प्रहरीका अनुसार, जाहेरीपश्चात् प्रहरीले गरेको अनुसन्धानपछि शिक्षक गौतमलाई बनेपाको तीनदोबाटोबाट हिरासतमा लिएको हो । उनलाई हिरासतमा राख्न अदालतमा म्याद थप्ने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक बोहोराले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित