नमस्ते खोटाङ संवाददाता–
धनकुटा, साउन २०–धनकुटा नगरपालिका–५ माथिल्लो कोप्चेका समाजसेवी द्रोर्णप्रसाद गुरागाईले पत्रकार महासंघ धनकुटामार्फत प्रदान गर्ने गरि ‘टिकाहरि–धनञ्जय क्रियाशील पत्रकारिता पुरस्कार’ अक्षय कोष खडा गरिएको छ । उनले दिवंगत माता टिकादेवी र पिता हरि गुराँगाईको स्मृतिमा उक्त पुरस्कारका लागि कोष खडा गरेका हुन् । ।
यो पत्रकारिता पुरस्कारको लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षय कोष रहेको महासंघका अध्यक्ष नगेन्द्र राईले बताए । गुराँगाईले अध्यक्ष राईलाई चेक हस्तान्तर गरेका छन् । गुरागाईले पत्रकारिताको वृद्धि र विकासमा लागि टेवा पुगोस् भन्ने उद्देश्यले अक्षय कोष स्थापना गरेको बताए । पत्रकारिताको माध्यमबाट जनतालाई सुसूचित गराउने कार्यमा योगदान पुर्याउने सञ्चारकर्मीलाई कदर स्वरुप बर्सेनि पुरस्कृत गरिने महासंघका सचिव हरिबहादुर लम्जेलले बताए । महासंघ धनकुटा शाखाको हरेक वर्ष पौष–१३ मा पर्ने स्थापना दिवसको अवसरमा उक्त पुरस्कार प्रदान गरिने भएको छ । गुराँगाईले महासंघले सञ्चालन गरेको पत्रकार कल्याणकारी कोषको लागि पनि २५ हजार नगद सहयोग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित