नमस्ते खोटाङ संवाददाता–
काठमाडौं, साउन २०–सामाजिक सञ्जालको व्यवस्थापन र नियमन गर्ने उद्देश्यले सरकारले कानुन निर्माणको तयारी थालेको छ । यसका लागि साउन १९ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस क्षेत्रका विज्ञ, सरोकारवाला र कानुन व्यवसायीसँग एक छलफल कार्यक्रम आयोजना गरेर सुझाव संकलन गर्यो । साउन २५ मा सामाजिक सञ्जाल कम्पनी मेटाका दक्षिण एसिया हेर्ने सिंगापुरस्थित प्रतिनिधिले यसै विषयमा सञ्चार मन्त्रालयको टोलीसँग भेट्ने तय भएको छ । मन्त्रालयले अरू सामाजिक सञ्जाल कम्पनीहरूसँग पनि अन्तर्क्रियाको प्रयास तीव्र पारेको छ ।
छलफलमा विज्ञका रूपमा सन्तोष सिग्देल, किरण चापागाई, कृति भुजु, बाबुराम दवाडी, सुधांशु झालगायतले आफ्ना सुझाव र अनुभव पेस गरे । आफूहरूले यस प्रकृतिको कानुन आवश्यक रहे/नरहेकामै पहिले स्पष्ट हुनुपर्ने सुझाव दिएको डिजिटल मिडिया शोधकर्ता कृति भुजुले बताइन् । नियन्त्रण गर्नुभन्दा पनि नियमन गर्नेतर्फ सोच्नुपर्ने राय आफूले दिएको भुजुको भनाइ छ ।मन्त्रालयका अनुसार फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको प्या रेन्ट कम्पनी मेटाका प्रतिनिधि नेपाल आई सञ्चारमन्त्रीसँग यसलगायत विषयमा छलफल गर्दै छन् । अन्य सोसल मिडिया प्लेटफर्म कम्पनीका प्रतिनिधिहरूसँग पनि अन्तर्क्रिया गरिने मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए । मन्त्रालयको पहलमा मुख्यतया तीनवटा पाटा समेट्ने प्रयास रहने प्रवक्ता सुवेदी बताउँछन् । यससँगै सामाजिक सञ्जालमार्फत हुने दुर्व्यवहार, फेक आईडी बनाउने जस्ता समस्यालाई पनि कानुनी सजायको दायरामा ल्याउने प्रयास आफूहरूले गर्न लागेको उनको दाबी छ ।
प्रवक्ता सुवेदीको यस तर्कमा सामाजिक सञ्चाल विज्ञहरूको भने फरक मत छ । शुक्रबारको छलफलमा सहभागी कतिपय विज्ञले अहिले उपलब्ध कानुनको प्रयोगबाट नै यी समस्याको निराकरण सम्भव भएकाले थप कानुन निर्माण गरिरहन आवश्यक नरहेको सुझाए । उपलब्ध कानुनलाई नै बलियो बनाएर कार्यान्वयन गर्न सके अहिलेका चुनौती रोक्न सकिने आचार्यको सुझाव छ । सामाजिक सञ्जालमा हुने अभिव्यक्तिकै लागि भनेर छुट्टै कानुन आवश्यक नपर्ने बरु प्लेटफर्महरूलाई नै अहिलेका कानुनअनुसार जिम्मेवार बनाउन सक्नुपर्ने उनले बताए । विद्युतीय सुशासन आयोगका प्रमुख कार्यकारी अधिकृत दीपेश विष्टको अनुभवमा सामाजिक सञ्जाललाई नियमन गरिएन भने यसमार्फत फैलिने मिथ्या र भ्रामक सूचनाले ठूलो असर गर्छ । तथ्यजाँच नगरी तुरुन्तै विश्वास गर्ने परिपाटीले गर्दा पनि सामाजिक सञ्जालहरूको नियमन अत्यन्तै जरुरी भइसकेकाले यससम्बन्धी कानुनको मस्यौदासमेत तयार भइसकेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित