नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २०–किरात राई कर्मचारी मञ्च जिल्ला कार्यसमिति खोटाङको पाँचौ जिल्ला सम्मेलनले इरन राईलाई अध्यक्ष चयन गरेको छ । साउन २० गते दिक्तेलमा भएको पाँचौ सम्मेलनले राईलाई अध्यक्ष छानेको हो ।
किरात राई यायोक्खा खोटाङको अध्यक्ष युुग्सन किरातको प्रमुख आथित्यतामा भएको सम्मेलनबाट उपाध्यक्ष मुगाधन राई, सचिव अदित राई, सह–सचिव सुवाश राई र कोषाध्यक्ष उषाकला राई छानिएका छन् । सदस्यहरुमा निशान राई, कुशन राई, नरेन्द्र राई, देविका राई, नमी राई र राजकुमार राई छनौट भएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उप–प्रमुख विसन राईको विशेष आथित्यतामा भएको सम्मेलनले राजकुमार राई, उपेन्द्र राई, विनोद राई, रेखा राईलाई केन्द्रीय प्रतिनिधि छनौट गरेको छ । मञ्चको केन्द्रीय सचिव कोपिला राई केन्द्रीय सदस्य युनिक साम्पाङ, किरात राई, खेलकुद संघ केन्द्रीय अध्यक्ष संजयकुमार राई, किरात राई पत्रकार संघ पूर्व अध्यक्ष भीम राई लगायतको उपस्थितिमा सम्मेलन सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित