शहीद ठूलकुमार श्रेष्ठको २१ औं स्मृति दिवस मनाइयो

  • प्रकाशित मितिः पुस २७, २०७५
  • 1873 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, पुस २७–शहीद ठूलकुमार श्रेष्ठको २१ औं स्मृति दिवस मनाइएको छ । तत्कालीन नेपाली सेनाद्वारा हत्या गरिएका माओवादी नेता श्रेष्ठको सुक्रबार २१ औं स्मृति दिवस मनाइएको हो ।
जिल्ला समन्वय समिति खोटाङको सभाकक्षमा शहीद दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठानले आयोजना गरेको स्मृति दिवस कार्यक्रमको अवसरमा श्रेष्ठको योगदानबारे चर्चा गरेका छन् । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै प्रदेशसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य रामकुमार राईले श्रेष्ठको योगदानले मुलुक निर्माणमा सहयोग पुगेको उल्लेख गरे । कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, नेकपा नेता ध्रुब बुढाथोकी, प्रगतिशील लेखक संघ खोटाङका अध्यक्ष हेमविक्रम राई, विकाश राई, नुरकाजी सैंजू, सागर जोशी, सुमन श्रेष्ठ, छोरी क्रान्ति श्रेष्ठ लगायतले शहीद श्रेष्ठको योगदान तथा श्रद्धा सुमन व्यक्त गरेका छन् । कार्यक्रममा श्रेष्ठ जीवनसंगीनी शान्ति श्रेष्ठ, छोरी क्रान्ति श्रेष्ठको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित