दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारका कर्मचारी हटायो

  • प्रकाशित मितिः साउन १६, २०८०
  • 642 पटक पढिएको
  • संवादताता

सविना अछामे–

खोटाङ, साउन १६–दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारका ५७ कर्मचारी हटाएको छ । उक्त गाउँपालिकाको साउन १५ गतेको कार्यपालिका बैठकले साउन १६ गतेदेखि लागू हुने गरी अघिल्लो स्थानीय सरकारले नियुक्ति गरेको करारका सबै कर्मचारी हटाउँने निर्णय गरेको हो ।

अघिलो स्थानीय सरकारले नियुक्ति गरेको ५७ कर्मचारीलाई म्याद नथपिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । करारका कर्मचारी हटाइएपछि नयाँ कर्मचारी नियुक्ति सुरु गरिएको राईले बताए । खाली भएको एक पशु अधिकृत र चार अनमीको कोटामा लोकसेवामा बैकल्पिकमा परेकालाई नियुक्ति गर्ने प्रक्रिया सुरु गरिएको राईले जनाए ।

कृषि अधिकृत एक, कार्यालय सहयोगीहरु १७ जनालाई पनि विज्ञापनबाटै खुला प्रतिष्पर्धा गराउँने तयारी गरिएको राईको भनाई छ । प्रशासन सहायक सात, एचए सात, कोल्चेन एक र एक कार्यालय सहयोगीलाई खुला प्रतिष्पर्धाबाटै एक हप्ताअघि नियुक्ति गरिसकेको राईले बताए ।

हटाइएका कर्मचारीहरुले योग्यता पुगेको खण्डमा खुला प्रतिष्पर्धामा भिड्न पाउने राईको भनाई छ । ५० वर्षभन्दामाथिकाहरुलाई भने प्रतिव्यक्ति पाँच लाख रुपैयाँ र त्योभन्दा मुनिकालाई ४५ दिनको सेवा सुविधा दिएर अवकास गरिएको राईले बताए । उनीहरुलाई साउन १५ गतेसम्मको सेवा सुविधा दिएर अवकास गरिएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित