नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १५–किशोरीमाथि यौन दुब्र्यवहार गर्ने खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका ४० वर्षीय भविन कार्की पक्राउ परेका छन् । साउन १२ गते खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित मावली गएर फर्कने क्रममा बेलुकी पाँच बजेतिर लिकुवापोखरीको रमितेडाडाँको जङ्गलमा यौन दुब्र्यहार गरेको आरोपमा पक्राउ परेका हुन् ।
किशोरीले घटनाको बारेमा आमालाई जानकारी गराएपछि आइतबार विहान दश बजे लिकुवापोखरी वडा कार्यालयमा गुनासो गर्न आएको वडाअध्यक्ष धनबहादुर महाराजी खड्काले बताए । कार्कीलाई वडा कार्यालयबाटै साउन १४ गते प्रहरीले नियन्त्रणमा लिएको वडाअध्यक्ष महाराजी खड्काले बताए । कार्कीलाई खोटाङबजार इलाका प्रहरी कार्यालयमा एक रात राखेर साउन १५ गते विहान दश बजे जिल्ला पठाइएको इलाका प्रहरी कार्यालय खोटाङबजारका इन्चार्ज प्रहरी निरीक्षक उदयभान दुबेदीले बताए । उनका अनुसार खोटाङबजारको प्रहरीले दिप्रुङ प्रहरीलाई, दिप्रुङ प्रहरीले याम्खा प्रहरीलाई र याम्खा प्रहरीले खानीडाडा“ हुदै जिल्ला प्रहरी कार्यालय दिक्तेल ल्याइदै छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित