सविना अछामे–
खोटाङ, साउन १५–३२ औं शहिद मनोज झपेन्द्र स्मृति दिवस मनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको हस्पिटल चौकस्थित मनोज समाधिस्थलमा साउन १५ गते शहिद मनोज–झपेन्द्र स्मृति दिवस मनाइएको हो ।
मनोज स्मृति प्रतिष्ठान खोटाङ, नेपाल निजामती कर्मचारी संगठन खोेटाङ र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती खोटाङको आयोजनामा दिवस मनाइएको हो । साउन १३ गते मनोज मार्ग सरसफाइ, साउन १४ जिल्ला अस्पतालमा उपचाररत विरामीहरुको स्वास्थ्यलाभको कामना गर्दै फलफूल वितरण र रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
समापन कार्यक्रमको अवसरमा हेमविक्रम राईलाई नगद दश हजार सहित दोसल्ला ओढाएर शहिद मनोज प्रतिभा पुरस्कार प्रदान गरिएको छ । स्मृति दिवसको अवसरमा विभिन्न विधामा पुरस्कार वितरण गर्दै आएको मनोज स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले बताए । यसै अवसरमा भवन गैराका शन्तराज शाक्यलाई राहत समेत वितरण गरिएको आचार्यले सुनाए । आर्थिक अवस्था कमजोर भएका शाक्यलाई खाद्यान्न उपलब्ध गराएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’, संविधानसभा सदस्यहरु समिता कार्की, दुर्गाजयन्ती राई, पूर्व सांसद कुलप्रसाद फयाल, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, साकेला गाउ“पालिका उपाध्यक्ष बिर्सिका राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाअध्यक्ष नवराज राई, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्य लगायत गैरसरकारी संघसंस्थाहरुका प्रतिनिधिहरु, कर्मचारीहरु सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित