नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १४–खुदुर्के जीप दुर्घटनामा घाइतेमध्ये तीन जनालाई काठमाडौं रेफर गरिएको छ । इटहरीबाट साकेला गाउँपालिकाको मानेभञ्ज्याङतर्फ आउँदै गरेको ००१ ज ३३८७ नम्बरको जीप दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीको खुदुर्केमा साउन १३ गते साँझ साडे सात बजेतिर भएको दुर्घटनामा सख्त पाँच जना मध्ये तीन जनालाई साउन १४ गते विहान काठमाडौं पठाइएको हो ।
जिल्ला अस्पतालका प्रमुख चिकित्सक दिपेश परियारका अनुसार टाउकोमा चोट लागेकाहरुलाई सिटीस्क्यान गर्नु पर्ने भएकाले काठमाडौं रेफर गरिएको हो । रेफर हुनेहरुमा साकेला गाउँपालिका–२ रतन्छाकी रोजिना राई, मनकुमार राई र दिप्रुङ चुुइचुम्मा गाउँपालिका–२ डाडाँगाउँका सरोज थापा छन् । अन्यको भने जिल्ला अस्प्ताल दिक्तेलमा उपचार भइरहेको छ । जीपमा चालक सहित १३ जना सवार थिए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित