दिप्रुङ चुइचुम्मा गाउँपालिकामा जीप दुर्घटना, सात जना घाइतेलाई जिल्ला अस्पताल दिक्तेल ल्याइदै

  • प्रकाशित मितिः साउन १३, २०८०
  • 859 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, सानउ १३– दिप्रुङ चुइचुम्मा गाउँपालिकामा जीप दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । इटहरीबाट साकेला गाउँपालिकाको मानेभञ्ज्याङतर्फ आउँदै गरेको ००१ ज ३३८७ नम्बरको जीप दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीको खुदुर्केमा साउन १३ गते साँझ साडे सात बजेतिर दुर्घटना हुँदा पाँच जना गम्भिर घाइते भएका हुन् ।
घाइतेलाई जिल्ला अस्पताल ल्याइदै गरेको प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङले बताए । दुर्घटनामा घाइते भएका सात जनालाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइदै गरेको डिएस्पी मुकारुङले बताए । सातमध्ये यसमध्ये पाँच जना गम्भिर घाइते छन् । घाइतेको विवरण आइनसकेको डिएस्पी मुकारुङको भनाई छ ।
जीपमा चालक सहित १३ जना सवार थिए । दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाडाँगाउँ घर भएका चालक ३५ वर्षीय सरोज थापा सामान्य घाइते भएको डिएस्पी मुकारुङले बताए । उनको छातीमा सामान्य चोट लागेको छ । गाडी सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित