दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङका वडाअध्यक्ष चौहानद्वारा नगरको नीति तथा कार्यक्रम बहिस्कार गरेको घोषणा

  • प्रकाशित मितिः असार २६, २०८०
  • 855 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असार २६– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङका वडाध्यक्ष लिलाकुमार चौहानले नगरले ल्याएको नीति, कार्यक्रम तथा बजेट बहिस्कार गरेको बताएका छन् । नगरपालिकाले आर्थिक वर्ष २०८०÷२०८१ का लागि ल्याएको नीति, कार्यक्रम तथा बजेट वितरणमुखी र प्रचारमुखी कागजी फण्डा भएको भन्दै असार २४ गते भएको नगरसभाको दोश्रो बैठकको शुन्य समयमा बोलेर बहिस्कार गरेको चौहानले बताए ।
असार २३ गते इन्द्रेणी होटलमा पत्रकार सम्मेलन गरी विभिन्न कार्यक्रम गर्ने ठाउ“, वडा र योजनाको नाम समेत नतोकेपछि कार्यक्रम सञ्चालन गर्दा आफ्नो सहजतामा वितरण गर्ने गरी करोडौ बजेट तथा कार्यक्रममा समावेश गरिएको चौहानको भनाई छ । विगत आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नगरपासीलाई प्रभावकारी नभएको आरोप लगाए । एकलौटी, एकतर्फी ढंगले प्रस्तुत गरिएको कार्यक्रमले कुनै परिवर्तन सम्भव नभएको उनको दाबी छ ।
छानविन समितिको  प्रतिवेदन र दोषीलाई कारबाही खोइ ?
नगर उपप्रमुख विसन राईको संयोजकत्वमा बनेको छानविन समितिले प्रभावकारी काम नगरेको आरोप लगाएका छन् । भ्रष्टाचार अन्त्यका लागि छानविन र दोषी ठहरिए कारबाही गर्नु पर्नेमा प्रतिवेदनै नआएको चौहानको भनाई छ ।
चौहानले कार्यपालिकामा निर्णय नगरी राज्यको ठूलो धनराशी खर्च गरी मोटरसायकल खरिद गरी वितरण गर्ने, एउटा वडामा तीनवटा सरकारी मोटरसाइकल उपलब्ध गराउने, वडाको स्वास्थ्य, कृषि र भेटेरीनरीको कोटा कटौती गर्ने, आफू खुशी कर्मचारीको क्षमता अनुसार काम गर्न नदिने सकेसम्म सरुवा गर्ने नत्र सरुवा जान बाध्य गराउने, सिमित विचौलियाहरुलाई फाइदा पु¥याउने ऐन, कानुनहरु संशोधन गर्ने र अनावश्यक रुपमा निवर्तमान मेयर, उपमेयरको नाम लेख्न लगाई केही सिमित व्यक्तिहरु बसी निर्णय गरी कार्यापालिका, नगरसभामा प्रस्ताव नगरी सार्वजनिक गर्ने जस्ता अपारदर्शी गतिविधि गरेको चौहानको दाबी छ ।
श्रमदानको नाममा जनतालाई राहत दिनु पर्नेमा आहा महसुुस हुने गरी रकम संकलन गर्ने पारदर्शिता नगर्ने, वडा नं. ८ को वडा कार्यालयसम्म सडक ढलानमा गरिब जनताको पसिनाको मुल्य नदिएको, गैर कानुनी रुपमा वर्षदिनसम्म भुक्तानी रोक्का गरी कर्मचारीहरुलाई उपप्रमुखको ठाडो आदेशमा रकम कटौती गर्न लगाई प्राविधिकहरुलाई जबरजस्ती विल बनाउन लगाई मजदुरप्रति अन्याय गरेको लगायतका आरोप पनि लगाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित