नमस्ते खोटाङ संवाददाता–
भोजपुर, असार २६-भोजपुर नगरपालिका–१२ टक्सारमा मृग भनेर भरुवा बन्दुकले हान्दा भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको छ । यो घटना असार २२ गतेको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । गत असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरुले खोलाको बगरमा पुरेको पुरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा असार २५ गते राती उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बन्दुकले लागेर साथीको मृत्यु भएपछि स्थानीय अखुवा खोलाको बगरमा पुरेको प्रहरीले जनाएको छ । सूचना आउनेसाथ छ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको भनाई छ । पुरिएको अवस्थामा फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । मृतकका आफन्तले यही असार २४ गते खोजीको लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएलगत्तै आरोपितलाई पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित