नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २३–दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा विवाद हुँदा कोटगाउँ शिव मन्दिर घेराबाराको काम अलपत्र परेको छ । उक्त कामका लागि निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष इन्द्रमणि घिमिरेलाई संझौता गर्न नदिएपछि विवाद हुँदा निर्माण अलपत्र परेको हो ।
२०७९ पुस २५ गते वडाअध्यक्ष केशवकुमार खत्रीको रोहबरमा घिमिरेको अध्यक्षतामा बनेको उपभोक्ता समितिलाई संझौता गर्न नदिई कोटसनमा अर्कै व्यक्तिलाई काम गर्न दिएपछि विवाद आएको उपभोक्ता समितिका अध्यक्ष इन्द्रमणि घिमिरेले बताए । वडाअध्यक्ष खत्रीले पुस २६ गते संझौता गरिदिन भनि सिफारिस गरेको तर मनोज विष्टलाई काम गर्न दिएको घिमिरेको भनाई छ । ‘कानुन सम्मत उपभोक्ता समिति बनेको हो, तर किन संझौता गर्न दिएन भन्ने थाहा भएन ।’ घिमिरेले भने–‘के कारणले कोटेसनमा काम जिम्मा दियो त्यो पनि थाहा भएन ।’
उक्त मन्दिर निर्माणका लागि संस्कृति तथा पर्यटन मन्त्रालयको आर्थिक वर्ष २०७९÷८० को आठ लाख रुपैयाँको बजेट विनियोजन गरेको हो । गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले भने इन्द्रमणि घिमिरे उपभोक्ता समितिको अध्यक्ष बन्नुअघि नै सीताराम घिमिरेको अध्यक्षतामा बनेको उपभोक्ता समिति भएकाले इन्द्रमणि घिमिरेको अध्यक्षतामा बनेको उपभोक्ता समितिलाई संझौता नगराई कोटेसनमा काम गर्न दिइएको बताए । तर वडाअध्यक्ष केशवकुमार खत्री, वडा कर्मचारी गणेश घिमिरेको रोहबरमा भएको भेलाले सीतारामलाई इन्द्रमणिको अध्यक्षतामा बनेको उपभोक्ता समितिका उपाध्यक्ष बनाएको घिमिरेको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित