संस्था छनौट प्रक्रिया विरुद्ध अख्तियारमा उजुरी

  • प्रकाशित मितिः पुष २६, २०७५
  • 1648 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, पुस २६–‘सशक्तिकरणका लागि महिला संलग्नता तथा जीविकोपार्जनका लागि उद्यमी’ कार्यक्रम सञ्चालनका लागि संस्था छनौटमा अनियमित भएको भन्दै अख्तियारमा उजुरी परेको छ । क्रिस्चियन एड (केड)ले छनौट प्रक्रियामै धादली गरेर नवीकरण नभएको, राजश्व नतिरेको लगायतका कैफियत देखिएको संस्थालाई छनौट गरेको भन्दै बुधबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल मार्फत अख्तियारमा उजुरी परेको हो ।
उक्त कार्यक्रमका लागि गत असोज ५ गते संस्था छनौटका लागि दरखास्त गर्ने अन्तिम मिति भए पनि असोज २६ गते मान्यता पाएको संस्थालाई छनौट गरिएको भन्दै उजरी दिइएको जनसेवा समाज नेपालका अध्यक्ष दानबहादुर राईले बताए । उक्त कार्यक्रमका लागि छनौट भएको संस्था बालसेवा समाज नेपालले असोज २५ गते राजश्व तिरेको र असोज २६ गते मात्र जिल्ला प्रशासन कार्यालय खोटाङबाट संस्था नवीकरण गरेकाले उक्त छनौट धादली र गैरकानुनी भएकाले उजुरी गरिएको राईले सुनाए । राईका अनुसार संस्था छनौटका लागि संस्था नविकरण भएको हुनु पर्ने लगायतका मापदण्ड दरखास्तका लागि सूचनामा उल्लेख गरिएको थियो । उजुरीको बोधार्थ जिल्ला प्रशासन कार्यालय खोटाङ, समाज कल्याण परिषद र नेपाल सरकार सूचना विभागमा पनि पठाइएको छ ।
छनौटमा परेको संस्था बालसेवा समाजले भने पुस १६ गते पत्रकार सम्मेलन गरी कार्यक्रम सञ्चालन भएको जानकारी गराएको थियो । यो कार्यक्रमका लागि क्रिस्चियन एडको एक करोड ४७ लाख ५९ हजार नौ सय ९७ रुपैया र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पा“च लाख रुपैया“ खर्च हुने बालसेवा समाज नेपालले जनाएको छ । यो कार्यक्रम १ सेप्टेम्बर २०१८ देखि ३० मार्च २०२१ सम्म सञ्चालन हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित