दिक्तेलमा धान दिवस मनाइयो

  • प्रकाशित मितिः असार १५, २०८०
  • 235 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १५–दिक्तेलमा २० औं धान दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सरस्वती माविको बाली विज्ञान संकाय (जेटिए १८ महिने)को संयुक्त आयोजनामा उक्त दिवस मनाइएको हो ।

photo
दिवसको अवसर पारेर सघन धान खेती (एसअरआइ) प्रणालीबारे जानकारी गराउँन कार्यक्रम आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रसाद जैसीले बताए । यो प्रणालीबाट धान खेती गर्दा उत्पादन बढ्नका साथै थोरै बिउ र थोरै जनशक्ति लाग्ने भएकाले किसानलाई फाइदा हुने जैसीले दाबी गरे । कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक कृष्ण तामाङका अनुसार खोटाङमा १२ हजार आठ सय ९८ हेक्टरमा धान खेती गरिन्छ ।

photo4

कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, कर्मचारी, शिक्षक विद्यार्थी लगायतको सहभागिता थियो । यो कार्यक्रम सरस्वती माविको बाली विज्ञान प्रयोगात्मक स्थलमा भएको थियो ।

photo5

photo6

photo7

photo9

 

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित