नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १५–दिक्तेलमा २० औं धान दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सरस्वती माविको बाली विज्ञान संकाय (जेटिए १८ महिने)को संयुक्त आयोजनामा उक्त दिवस मनाइएको हो ।
दिवसको अवसर पारेर सघन धान खेती (एसअरआइ) प्रणालीबारे जानकारी गराउँन कार्यक्रम आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रसाद जैसीले बताए । यो प्रणालीबाट धान खेती गर्दा उत्पादन बढ्नका साथै थोरै बिउ र थोरै जनशक्ति लाग्ने भएकाले किसानलाई फाइदा हुने जैसीले दाबी गरे । कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक कृष्ण तामाङका अनुसार खोटाङमा १२ हजार आठ सय ९८ हेक्टरमा धान खेती गरिन्छ ।
कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, कर्मचारी, शिक्षक विद्यार्थी लगायतको सहभागिता थियो । यो कार्यक्रम सरस्वती माविको बाली विज्ञान प्रयोगात्मक स्थलमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित