साकेलामा आधारभूत स्वास्थ्य केन्द्र र प्रसुति गृह भवन उद्घाटन

  • प्रकाशित मितिः असार ३, २०८०
  • 676 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असार ३–साकेला गाउँपालिकामा आधारभूत स्वास्थ्य केन्द्र र प्रसुति गृह भवन उद्घाटन गरिएको छ । उक्त पालिकाको वडा नं ४ स्थित आधारभूत स्वास्थ्य केन्द्र र प्रसुति गृहको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले उद्घाटन गरेका हुन् ।
स्थानीय विष्णुकुमारी श्रेष्ठ र हिराकुमारी श्रेष्ठले छ रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध गराएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गाउँपालिकाको ६१ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त गाउँपालिकाका सामाजिक विकास शाखाका डिएम चाम्लिङले बताए । उक्त भवन अझै निर्माणाधीन अवस्थामै छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित